काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशको हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू-भागमा आँशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS