काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ ।
शुक्रबार बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो । यति बेला काठमाडौंसहित केही भूभागमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबका एक–दुई घण्टामा काठमाडौंलगायत स्थानमा भइरहेको सिमसिम वर्षा घट्दै/हट्दै जाने उनको पूर्वानुमान छ । मौसम आइतबार भोलीबाट सफा हुने सम्भावना बलियो रहेको मौसमविदहरुले बताएका छन् ।
FACEBOOK COMMENTS