नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको २ लाख १७ हजार एक सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मको उच्च मुल्य थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २५९५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS