काठमाडौँ । अधिवक्ता स्वागत नेपाल राप्रपामा प्रवेश गरेका छन् । नेपाललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार नेपाललाई राप्रपाले झापा–२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनाएको छ ।
स्वागत नेपाल गत निर्वाचनमा झापा–२ मा स्वतन्त्र उम्मेदवार बन्दै नेकपा एमालेका देवराज घिमिरेसँग पराजित भएका थिए । दोस्रो स्थानमा रहदै उनले २६ हजार ४५५ मत प्राप्त गरेका थिए भने उनी २२६१ मत अन्तरले पराजित भएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी र गोरखा निवासी हिन्दु युवा संयोजन अभियानका केदारमणि खनाल पनि राप्रपामा प्रवेश गरेका छन् । बुढाथोकीलाई राप्रपाले समानुपातिक उम्मेदवार बनाएको छ ।
FACEBOOK COMMENTS