काठमाडौँ । नेपालमा हिजो (आइतबार) देखि एउटा विषय निकै चर्चामा छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्ने वा पर्नसक्ने भनेर फैलिएको हल्लाले माहोल तातेको हो ।
राजसंस्थाका पक्षमा गतिविधि बढिरहेको अवस्थामा कतिपयले सरकारले नै उनलाई पक्राउ गरेर थुन्न लागेको भनिरहेका छन् । केही सञ्चारमाध्यमहरूले त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा शाहलाई गिरफ्तार गर्ने चेतावनी दिएको भनेका छन् ।
यता, सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले पनि पूर्वराजा शाहका गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
पूर्वराजा शाहले गणतन्त्रविरोधी गतिविधि गरिरहेको भन्दै गणतन्त्रवादीहरूले यसविरुद्ध प्रदर्शन गर्ने तयारी पनि गरेका छन् ।
हेर्नुस् भिडिओ-
के बाहिर फैलिएको हल्लाजस्तै पूर्वराजा शाह साँच्चै पक्राउ पर्न लागेका हुन् त ? वा, उनी पक्राउ पर्ने सम्भावना कति छ ?
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य पूर्वराजा शाहलाई पक्राउ गरिहाल्नुपर्ने आधार नरहेको बताउँछन् । तर, आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा भने पक्राउ पर्ने कुरालाई नकार्न नसकिने उनले बताए ।
‘हामीले अहिले उहाँ (पूर्वराजा शाह) लाई पक्राउ गर्ने भन्ने त्यस्तो केही छैन,’ कर्पोरेट खबरसँग डीआईजी आचार्यले भने, ‘आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा त जोकोही पक्राउ पर्छन् ।’
तर, संविधानको बर्खिलाप हुनेगरी पूर्वराजा शाहले आफ्ना सन्देशहरूमा ‘श्री ५ महाराजधिराज’ शब्द, शाही निशानछाप र कार्यक्रमहरूमा राजतन्त्रकालीन राष्ट्रिय गानको प्रयोगलगायत संविधानविपरीतका गतिविधि गरिरहँदा पनि उनी पक्राउ नपर्ने हुन् ? यस विषयमा भने प्रहरीले अनभिज्ञता प्रकट गरेको छ ।
यी पनि पढ्नुहाेस्-
सरकारलाई रामहरि खतिवडाको प्रश्न– पूर्वराजाले संविधान मान्नु पर्छ कि पर्दैन ?
देउवा भन्छन्– ज्ञानेन्द्र शाह फेरि राजा बन्नलायक छैनन्, राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ
प्रचण्डलाई प्रश्न– रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो ?
FACEBOOK COMMENTS