असोज २२ , काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रिहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् ।
सरकारको नेतृत्व गरेको झण्डै ३ महिनापछि प्रधानमन्त्री देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रम पछि शुक्रबार आ-आफ्नो मन्त्रालयमा पदबहालीपछि नवनियुक्त मन्त्रीहरुले बिभिन्न धारणा व्यक्त गरेका छन् :
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की:
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन् । यसअघि उनी कानुनमन्त्री थिए ।
नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा:
नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले बोलेर भन्नेभन्दा पनि काम गरेर देखाउने कुरामा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।
यो समय कुरा भन्दा काम गर्ने समय हो, मन्त्री खतिवडाले भने, ‘सरकारले निरन्तर गर्नसक्ने प्रशासनिक काम आफ्नो ठाउँमा छ, तर यो भन्दा अगाडि प्रतिबद्धता जनाएका कुराहरु लिखित, मौखिक कुराहरु के कारणले अड्किएका छन्, त्यो कुरा मलाई जनाकारी भए क्रमशस् क्याबिनेटमा र सम्बन्धित निकायमा कुरा गर्नेछु।’
नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्री:
नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् ।
पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नीतिगत समस्याहरू समस्याहरू समाधान गर्ने बताइन् । उनले सहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरूलाइ परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।
FACEBOOK COMMENTS