आश्विन २ ,काठमाडौं । कोभिड–१९ को चपेटापछि सुरु भएको सेप्टेम्बर १४ देखि ३० सम्म न्युयोर्कमा जारि राष्ट्रसंघको ७६ औं ‘हाइब्रिड’ महासभामा के कस्ता एजेन्डा उठ्छन् भन्ने सबैमा कौतुहलता छ ।
उक्त महासभामा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रका प्रतिनिधिहरुले महासभाको जनरल डिबेटमा भाग लिने लाइ अवसरको रुपमा पनि लिइन्छ। ७६ औं महासभामा विश्वले सामना गरिरहेको चुनौती र सदस्य राष्ट्रका समस्याहरुका विषयमा छलफल लगाएत मुख्य यी ४ बिषयले प्राथमिकता पाएका छन ।
१-कोभिडविरुद्धको खोपको असमान वितरण,
२- जलवायु परिवर्तन,
३- शरणार्थी समस्या,
४- अफगानिस्तानमा विकसित घटनाक्रम र दिगो विकास प्राथमिकतामा
‘हाइब्रिड’ रूपमा अमेरिकाको न्युयोर्कमा भइरहेको ७६ औं महासभाको अध्यक्षता माल्दिभ्सका पूर्वपरराष्ट्रमन्त्री अब्दुल्ला सहिदले गरिरहेका छन् । यस पटकको महासभामा भने भौतिक रूपमै उपस्थित हुन चाहने एक देशका चार जनासम्मलाई अनुमति दिइएको राष्ट्रसंघले जनाएको छ ।
सेप्टेम्बर २१ देखि २७ सम्म विभिन्न मुलुकका प्रमुख वा सरकार प्रमुखले महासभामा सम्बोधन गर्नेछन् । जसमा एकले अर्कोलाई चित्त नबुझेका विषयमा आरोप–प्रत्यारोप गर्ने पनि चलन पनि रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियोमार्फत नै महासभालाई सम्बोधन गर्ने तय भइसकेको छ । तर महासभामा जाने नेपाली चार जना टोलीको नेतृत्वबारे भने परराष्ट्र मन्त्रालयले अझै निर्णय लिन सकेको छैन ।
FACEBOOK COMMENTS