काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ । ललितपुरमा भएको भेटमा समामसयिक राजनीति र चुनावी वातावरणको विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
उनीहरूबीच सरकारले चुनावी वातावरण नबनाएको, नेताहरूको स्थानहद लगाएको, मन्त्रीहरूको अभिव्यक्ति पनि अनुकूल नभएको र सरकारले रवैया देखाएको विषयमा उनीहरूबीच छलफल भएको हो ।
चुनावका लागि तयार रहे पनि सरकारले वातावरण नबनाएको उनीहरूको निष्कर्ष छ । आगामी ११ माघमा हुने राष्ट्रियसभा चुनावमा सहकार्य गर्ने विषयमा कुरा भए पनि निष्कर्ष निस्कन सकेको छैन । प्रचण्ड आजै भारत जाँदै छन् ।
FACEBOOK COMMENTS