असोज १४, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको ९प्राथमिक सेयर० आईपीओमा आवेदन दिने अन्तिम दिन बिहिबार साँझ ५ बजेसम्म २१ लाखभन्दा बढीको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यो मागभन्दा ३५।६६ गुणा बढी हो ।
कम्पनीले असोज ११ गतेलेखि सर्वसाधरणलाई प्रतिकत्ता १०० रुपैयाँअंकित मूल्यमा साधारण सेयर जारी बिक्री खुला गरेको थियो ।
कुल आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयरमध्ये दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाएर बाँकी रहेको सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउनेछन् भने आवेदन दिएका २० लाख बढी आवेदकले सेयर पाउने छैनन् ।
FACEBOOK COMMENTS