काठमाडौँ । आज राजावादी दल तथा अभियानहरूले काठमाडौंमा जनआन्दोलन गर्दै छन् ।
राप्रपा, राप्रपा नेपालसहितका दलहरूले नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिको ब्यानरमा काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्ने भएका हुन् ।
जनान्दोलन समितिले रत्नपार्कमा प्रदर्शन गर्ने भने पनि काठमाडौं प्रशासनले त्यसका लागि स्वीकृति नदिएको बुझिएको छ । प्रशासनले राजावादीहरूको प्रदर्शन रिङरोडबाहिर नै होस् भन्ने सन्देश दिएको बुझिएको छ ।
प्रशासनले गत चैत्र १५ गतेको प्रदर्शनलाई मध्यनजर राख्दै विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएमा प्रतिकार गर्ने चेतावनी दिएका छन् । राप्रपाले आजको आन्दोलनका लागि २५ हजारभन्दा बढी कार्यकर्ता काठमाडौं आइसकको बताएको छ ।
अर्कोतर्फ, राजावादीको आजको अन्दोलनसँगै सत्तारूढ नेकपा (एमाले) ले पनि गणतन्त्र उत्सव मनाउने भन्दै भृकुटीमण्डप क्षेत्रमा विशेष कार्यक्रम गर्दै छ । एमालेले सांस्कृतिक झाँकीसहित कार्यक्रम गर्ने बताएको छ । एमालेले यो प्रदर्शन कसैविरुद्ध नभएर गणतन्त्रको उत्सव मनाउने बताएको छ । यद्यपि, प्रधानमन्त्री ओलीको केही दिनअघिको भनाइबाट एमालेको यो कार्यक्रम राजावादीहरूको प्रदर्शनको प्रतिकारमा हुन लागेको स्पष्ट छ ।
FACEBOOK COMMENTS