काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा वकालत गर्ने विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मङ्गलबार काठमाडौंको बल्खुमा बृहत् आमसभा र प्रदर्शन गर्दै छ । यसलाई मध्यनजर गर्दै प्रहरीले अघिल्लो पटक भएका कमजोरी सुधारसहित बलियो सुरक्षा रणनीति अपनाउने तयारी गरेको छ ।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षा कमजोरी गरेको भन्दै आलोचना खेप्नुपरेपछि प्रहरीले थप सजगता अपनाउन लागेको हो । बल्खु क्षेत्रमा मात्रै दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्चाधिकारीहरूबीचको छलफलपछि प्रदर्शनलाई ड्रोन र सीसी क्यामेराबाट निगरानी र अवस्था आएमा बल प्रयोग गर्नेसम्मको निर्णय भएको छ ।
साथै, राप्रपाले पनि आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण बनाउने गरी आवश्यक तयारी गरेको भनेको छ ।
FACEBOOK COMMENTS