काठमाडौं, १७ असोज – यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर सूचिकृत भएको छ ।
१) डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड :
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । डिप्रोक्सको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
२) नबिल ब्यालेन्सड फण्ड-२ :
नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल ब्यालेन्सड फण्ड २ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १४.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
३) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड :
नेप्सेमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांशका लागि सेयर मूल्य समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ५७५ रुपैयाँमा बोनसको लागि मूल्य समायोज गरिएको नेप्सेले जनाएको छ । अव समायोजपछि आज कम्पनीको सेयर कारोबार ५२३ रुपैयाँमा सुरु हुनेछ ।
४) नबिल इक्विटी फण्ड :
नबिल इक्विटी फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १५.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
५) मानुषी लघुवित्त वित्तीय संस्था :
मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण हुने भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत हुने भएको हो ।
FACEBOOK COMMENTS