काठमाडौं । ‘प्रोफाइल पिक्चर’ र ‘कभर फोटो’ले कसैको सोशल नेटवर्किङ अकाउन्टलाई व्यक्तिगत पहिचान दिनमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
हालसम्म कभर फोटो केवल ह्वाट्सएप बिजनेश अकाउन्टहरूमा मात्र सीमित छ । तर, मेटा स्वामित्वको यो मेसेजिङ एपले अब सबै प्रयोगकर्ताहरूका लागि यो सुविधा ल्याउने तयारी गरिरहेको छ ।
यो कदम प्रोफाइल कस्टमाइजेशनलाई अझ आकर्षक र उन्नत बनाउनका लागि ठूलो अपडेट हुने मानिएको छ । तर, हाल यो फिचर विकासको चरणमा रहेकोले प्रयोगकर्तासम्म पुग्न केही समय लाग्न सक्छ ।
डब्ल्यूएबेटाइन्फोको रिपोर्टअनुसार, ह्वाट्सएप यस्तो नयाँ फिचरमा काम गर्दैछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइलमा कभर फोटो अपलोड गर्ने अनुमति दिनेछ ।
फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले प्रोफाइल सेटिङमा गएर कुनै पनि तस्बिरलाई कभर फोटोको रूपमा चयन गर्न सक्नेछन् । यो फोटो प्रोफाइलको माथिल्लो भागमा फेसबुक र लिङ्क्डइनमा जस्तै गरी देखिनेछ ।

FACEBOOK COMMENTS