काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार १४० क्षेत्रको मतपरिणाम आइसकेको छ।
अहिलेसम्म रास्वपाले १०९ सीट जित्दा १६ सीटमा लिड गरिरहेको छ। कांग्रेस १५, एमालेले ७, नेकपाले ६, राप्रपा, श्रम संस्कृति र एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
अहिले कांग्रेस २, एमाले ३ र श्रम संस्कृति पार्टी २ ठाउँमा अगाडि छ। अहिले २५ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। मत गणना जारी रहेको सुनसरी २, सुनसरी ४, सप्तरी २, सिराहा २, धनुषा २, महोत्तरी ४, रौतहट ३, रामेछाप, नुवाकोट १, मकवानपुर १, गोरखा १, गोरखा २, स्याङजा २, दाङ १, बर्दिया २, कैलाली २, मुग, बाजुराको बाँकी छ। यहाँ रास्वपाले लिड गरिरहेको छ।
एमालेले लिड गरिरहेको इलाम १, सङ्खुवासभा र अछाम २ को पनि परिणाम आउन बाँकी छ। नेकपाले लिड गरिरहेको सिन्धुपाल्चोक २ र श्रम संस्कृति पार्टी अगाडि रहेको भोजपुर १ र सुनसरी १ को पनि नतिजा आउन बाँकी छ।
FACEBOOK COMMENTS