काठमाडौँ । अमेरिकामा बढ्दो अण्डाको मूल्य नियन्त्रण गर्न ट्रम्प प्रशासनले टर्की र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने योजना बनाइरहेको छ ।
यसका साथै, अमेरिकी उपभोक्ताहरूका लागि अण्डाको बढ्दो मूल्य कम गर्न अन्य देशहरूसँग पनि वार्ता भइरहेको अधिकारीहरूले जनाएका छन् ।
कृषिमन्त्री ब्रुक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै छोटो अवधिका लागि करोडौँ अण्डाको आयातको कुरा भइरहेको बताए ।
यो समाचार ट्रम्प प्रशासनले बर्ड फ्लू महामारीसँग जुध्नका लागि १ अर्ब डलरको योजना घोषणा गरेपछि आएको हो ।
अण्डाको मूल्य नियन्त्रण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी प्रतिबद्धताका बाबजुद अमेरिकामा पछिल्लो एक वर्षमै अण्डाको मूल्य ६५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सन् २०२५ सम्ममा यो मूल्य अझै ४१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

गत वर्ष बर्ड फ्लूको महामारी फैलिँदा जो बाइडेन प्रशासनले लाखौँ अण्डा दिने पक्षीहरू मार्न आदेश दिएको थियो, जसले अण्डाको मूल्य अकासिएको थियो।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको छोटो समयमै पनि अण्डाको मूल्य बढिरहेको छ ।