काठमाडौं । अहिले नेपाल बार एसोसिएसन र स्वतन्त्र कानून व्यवसायी अभियान बीच चर्काचर्की चलिरहेको छ । नेपाल बारले प्रधान न्यायधिशको राजिनामा मागेको छ भने स्वतन्त्र कानून व्यवसायी ले न्यायलयलाई बारले बन्दक बनाएको भन्ने रहेको छ । यसै विषयमा नेपाल बारको प्रागणमा रिले अनसन सुरु गर्न लागेका स्वतन्त्र कानून व्यवसायी अभियानका संयोजक अधिवक्ता स्वागत नेपाल र सस्यहरु अधिवक्ता कृष्ण प्रसाई, तोयानाथ ढुंगाना र नविन मैनाली नेपाल बार एशोशिएसनको प्राङ्गणबाट पक्राउ परेका छन् ।
उनीहरुलाइ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको आदेशमा पक्राउ गरिएको अधिवक्ता कृष्ण प्रसाईले बताएका छन् । प्रहरीले कानून व्यवसायीहरुको अनसन व्यानरसमेत खोसेका छन् । पक्राउ परेका कानून व्यवासयीहरुलाई तिन घण्टा पुलिस क्लवमा राखेर छोडिएको छ ।
सर्वोच्च आदालतका सम्पूर्ण न्यायाधीशरुको सम्पत्ति छानबिन, नेपाल बारका सबै पदाधिकारीहरुको सम्पति छानबिन र अदालत र बारभित्र रहेका बिचौलियाहरुको पर्दाफास, बार बेञ्च कमिटिको विघटनको लगाएतका माग अघि सार्दै रिले अनसनका लागि सी।डी यो ।को अनुमति पत्र सहित अनसन भोलि पनि जारी रहने अधिवक्ता स्वागत नेपालले वताएका छन् ।
स्वागत नेपाल लाई रिले अनसन बस्न नदिनुको कारण भिडियो क्लिक गर्नुहोला
https://www.facebook.com/Corporatekhabar/videos/4425555744158116
