काठमाडौं । वाई–फाई नेपालले ग्राहकहरूको इन्टरनेट अनुभवलाई थप स्तरीय बनाउने उद्देश्यसहित ‘अपग्रेड अफर’ सार्वजनिक गरेको छ। चैत ११, देखि लागू भएको यस अफरमार्फत प्रयोगकर्ताहरूले उच्च गति र थप सुविधासहितको सेवा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार हालका ग्राहकहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० एमबीपीएस मा अपग्रेड गर्न सक्नेछन्, जसले सहज स्ट्रिमिङ, छिटो डाउनलोड तथा काम र मनोरञ्जनका लागि उत्कृष्ट अनुभव प्रदान गर्नेछ। यो अफर ६ महिना, १२ महिना र २४ महिनाका विभिन्न प्याकेजहरूमा उपलब्ध रहेको जनाएको छ।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले नि:शुल्क डुअल ब्यान्ड राउटर प्राप्त गर्नेछन्, जसले बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र बहु–डिभाइस प्रयोगमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ। साथै, विशेष सहकार्यअन्तर्गत ग्राहकहरूलाई हेलमेट समेत नि:शुल्क प्रदान गरिनेछ।
कम्पनीका अनुसार ‘अपग्रेड अफर’ ग्राहकलाई उच्च गति, भरपर्दो सेवा र थप मूल्य प्रदान गर्ने लक्ष्यका साथ ल्याइएको हो। सीमित अवधिका लागि मात्र उपलब्ध यस अफरबाट अधिकतम लाभ लिन ग्राहकहरूलाई समयमै प्याकेज अपग्रेड गर्न आग्रह गरिएको छ।