काठमाडौं। दशैं सुरु हुन् केहि दिन बाकि हुदा मन्त्रिपरिषद् विस्तारमा चर्को विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासम्बन्धी विवाद दशैंको चाडसँगै सेलाउदै गएता पनि फेरि यो प्रसंगले राजनीति तताउला वा नतताउला यो विषय अहिले चासोको विषय भएको छ ।
३ महिनापछि बल्लतल्ल मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले पदीय बाँडफाँडमा सत्ता साझेदारहरु बीच आपसमै किचकिच परेका बेला एउटा मन्त्रीको भाग प्रधानन्यायाधीश राणा लाई लगाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासमीकरण बनाउन अदालतको प्रयोग गरेको र सो समीकरणमा भाग खोजेकोमा प्रधानन्यायाधीश विवादमा आए ।
विवादलाई पूरै बेवास्ता गर्दै प्रधानन्यायाधीश राणाका आफ्ना जेठान गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ ग्रहणसम्म भयो । तर, चौतर्फी आलोचनाको शिकार भएपछि हमाल आफैं त्यो मन्त्री पद थाम्न सक्ने अवस्थामा भएनन् र मन्त्री भएको ४८ घण्टा नपुग्दै पद त्याग गरे ।
आजदेखि सरकारी कार्यालय खुलेका छन् र राजधानी बाहिर गएका मानिसहरु पनि राजधानी फर्कन थालेका छन्।चाडपर्बमा व्यस्त सबै फुर्सदिलो हुदैछन के यो प्रकरणले राजधानीको सडक फेरि तताउला वा सेलाउला ?
FACEBOOK COMMENTS