काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते आइतबार बाँडफाँट हुने भएको छ ।
आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल,काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
यसमा मागभन्दा ४५५ दशमलव ९१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।
यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२ दशमलव ५० कित्ता सेयर निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS