काठमाडौं । लक्जरी परफ्युमको क्षेत्रमा प्रतिष्ठित दुबईस्थित कम्पनी विनी इन्टरनेशनल एफजेठइले अत्यन्त उत्साहका साथ आफ्नो प्रिमियमको भव्य उद्घघाटन गरेको छ । यो बहुप्रतिक्षित सुरुवात सन् २०२६ फेब्रुअरी १६ का दिन काठमाडौं उपत्यकास्थित लाबिम मलको भुइँ तल्लामा सम्पन्न भएको छ ।
यो उद्घघाटनले नेपालको बहु प्रतिष्ठित परफ्युम बजारमा कम्पनीको विस्तार र एक महत्वपूर्ण कोशेढुङ्गालाई संकेत गरेको छ । यस समारोहमा विनी इन्टरनेशनल एफजेठइ का सेल्स डाइरेक्टर अहसान खुन्दकर, कन्ट्री म्यानेजर रणधीर सिंह, नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झाको उपस्थिति रहेको थियो ।
उद्घघाटनका क्रममा श्री रणधीर सिंहले भने, फर यू केवल एउटा आउटलेट मात्र नभएर यो एक इमर्सिभ ‘अनुभव केन्द्रू हो, जहाँ आगन्तुकहरूले विनी इन्टरनेशनलका विभिन्न उत्कृष्ट उत्पादनहरूको संग्रहको अनुभव लिन सक्नेछन् । यहाँका प्रत्येक सुगन्धलाई हरेकको व्यक्तित्वसँग मेल खाने गरी विशेष रूपमा तयार गरिएको छ, जसले दुबईको परफ्युम कलाको परिष्कृत अनुभवलाई नेपालको मुटुसम्म ल्याएको छ ।’
अहसान खुन्दकरले थपे हामी यस्तो अनुभव प्रदान गर्दैछौं जहाँ सुगन्ध प्रेमीहरूले आफ्नो व्यक्तिगत र प्रिमियम पहिचान झल्काउने सुगन्धहरू प्राप्त गर्न सक्नेछन् ।’’ उनले कार्यक्रममा उपस्थित सबैलाई विशेष धन्यवाद दिँदै समारोहको समापन गरेका थिए ।
FACEBOOK COMMENTS