काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा आज आयोजित समारोहमा अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन्।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
FACEBOOK COMMENTS