काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले खरिदार भण्डारी काभ्रेपलाञ्चोक साविक दोलालघाट गाविस– ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
अनुसन्धानको सिलसिलामा भण्डारीले साविक दोलालघाट–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरु हकवाला जग्गाधनीको नाममा छुट जग्गा दर्ता गर्ने गराउने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख घुस लिएको स्थापित भएकोले
निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दुई लाख नै बिगो माग गरेर आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
FACEBOOK COMMENTS