काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल अन्तर्गत फ्रान्स र मोरोक्कोबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
बोस्टन स्टेडियममा जारी प्रतिस्पर्धामा फ्रान्सले अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि सिर्जना गरेका उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न सकेन। अर्कोतर्फ, मोरोक्कोले अनुशासित रक्षात्मक प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावकारी रूपमा विफल पारेको छ।
पहिलो हाफभर दुवै टोलीले केही आशाजनक आक्रमण बुने पनि कुनै पनि टोलीले गोलको खाता खोल्न नसक्दा खेल ०–० को बराबरीमा दोस्रो हाफतर्फ प्रवेश गरेको छ। अब सेमिफाइनल यात्रा तय गर्न दुवै टोलीले दोस्रो हाफमा निर्णायक प्रदर्शन गर्नुपर्नेछ।