पोखरा पुस २, निर्माणधिन पक्की पुलबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
जिल्लाको मालिका गाउँपालिका -७ बिम र धौलागिरी गाउँपालिका -६ मराङ जोड्ने निर्माणधिन पुलबाट खसेर रोल्पा सुनछरी गाउँपालिका -७ जेलबाङ बस्ने अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार उक्त पुलमा लेबरको काम गर्दै आएका उनी पुलबाट अन्दाजी २० मिटर तल खसेर घाइते भएकोमा तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ पठाइएकोमा उपचारका क्रममा ज्यान गएको हो।
घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका विषयमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
FACEBOOK COMMENTS