काठमाडौं । सन् २०२२ मा नेपालको आर्थिक बृद्धि ३.९ प्रतिशत विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपालको अर्थतन्त्रमा कोरोना विरुद्धको खोप प्रभावकारी भएको बताएको छ । कोरोनाविरुद्धको खोपका कारण नेपालको अर्थतन्त्रका साथै पर्यटन क्षेत्र पनि बिस्तारै बढ्दै गएको बैंकको भनाइ छ ।
विश्व बैंकका अुनसार कोरोना महामारीका कारण नेपालको अर्थव्यवस्था केही सुधारको बाटोमा देखिएको छ । जसले गर्दा आर्थिक वृद्धिका सुधार हुने विश्व बैंकको भनाई छ । कोरोना महामारी पछि नेपालको पर्यटन क्षेत्र विस्तारै मजबुत बन्दै जाने विश्व बैंकको प्रक्षेपण रहेको छ । कोरोना महामारीपछि कोरोनाको खोप सुरु गर्ने पहिलो सार्क देश नेपाल पनि हो । आफ्ना नागरिकलाई सरकारले समयमा नै कोरोना विरुद्धको खोप उपलब्ध गराएका कारण आर्थिक पुनरुत्थान हुने देखिएको छ । विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एसियाको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने सम्भावना देखिएको छ ।
FACEBOOK COMMENTS