काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको हो ।
नेपालका लागि बिन्दु रावलले सर्बाधिक ४४ रन बनाएकी थिइन् भने सम्झना खड्काले २६ रन बनाएकी थिइन् ।
त्यस्तै रुबिना क्षेत्रीले १७ र पुजा महतोले १२ रन बनाएकी थिइन् ।
त्यस्तै थाइल्याण्डकी बलर थिपातचा पुथावोंगले सर्बाधिक ४ विकेट लिएकी थिइन् ।

FACEBOOK COMMENTS