काठमाडौँ । विश्व चर्चित गजलकार गुलाम अलिको नयाँ गजल गीत ‘गजल उनकै गीत उनकै’सार्वजनिक भएको छ ।
गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताद गुलाम अलि खान, छोरा आमीर गुलान अलि खान र नाति नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गति उनकै’सार्वजनिक गरिएको हो।
मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा गीत भिडियो सहित सार्वजनिक गरिएको छ।
मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा अन्तर्राष्ट्रिय नेपाली मोडल दीपक घिमिरे र वर्षा कुवँर (मिसेस ब्युटिक्वीन नेपाल २०२५’को अभिनय छ ।
केही अगाडि एक साङ्गीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलिले नेपाली आफ्ना नेपाली श्रोता तथा दर्शकका लागि यो गीत दिएको कार्यक्रममा सङ्गीतकार मीन मोक्तानले बताए ।
गीतले एक व्यक्तिले आफूलाई मन परेको केहीको विषयमा आफ्नो मनमा उब्जिएको भावना व्यक्त गरेका छन् । भिडियो पनि त्यस्तै कथा बुनिएको छ ।
जसमा रोमान्टिक जोडीको रूपमा दीपक र वर्षा प्रस्तुत भएका छन् । मिलन मोक्तानको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाङ्कन र अर्जुन खड्काको सम्पादन छ ।
FACEBOOK COMMENTS