काठमाडौं । आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित यो दिवस मनाइन लागेको हो ।
आज नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS