काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध विराट कोहलीले अर्धशतक पुरा गरेका छन्।
अहम्दाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा विराटले ५६ बलमा अर्धशतक पुरा गरे । उनले ४ चौका प्रहार गरेका थिए । उनको यो ७२ औँ अर्धशतक हो।
१०० रन नबनाउँदै ३ विकेट गुमाएर दबाबमा आएको भारतको इनिङ्स कोहली र के एल राहुलले सम्हालिरहेका छन् । भारतले २६ ओभरमा १३५ रन बनाएको छ।
कप्तान रोहित शर्मा, श्रेयस ऐयर र शुभमन गील आउट भएका छन् । रोहितले ४७ रन बनाए ।
FACEBOOK COMMENTS