काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ ।
युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो ।
रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।
सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो ।
चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
FACEBOOK COMMENTS