काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट ‘शाओमी प्याड ७’ र ‘रेड्मी प्याड २’ सार्वजनिक गर्दै प्रि-बुकिङ प्रक्रिया सुरु गरेको छ।
अत्याधुनिक प्रविधि, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिस्प्ले, लामो ब्याट्री आयु र नयाँ ‘हाइपरओएस’ प्रणालीसहित यी ट्याब्लेटहरू नेपाली उपभोक्ताका लागि मनोरञ्जन, अध्ययन तथा कार्य उपयोगका लागि ल्याइएको कम्पनीले जनाएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले सार्वजनिक कार्यक्रममा बोल्दै भने, “यी ट्याब्लेटहरू शाओमीको प्रविधिप्रति गरिएको प्रतिबद्धताको प्रतिबिम्ब हुन्। शाओमी प्याड ७ उच्च प्रदर्शन चाहने प्रयोगकर्ताका लागि हो भने रेड्मी प्याड २ सबैका लागि गुणस्तरीय ट्याब्लेट अनुभव उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो।”
शाओमी प्याड ७ मा ३.२के रिजोल्युसनको १४४ हर्ट्ज रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले भिडियो, गेमिङ र स्क्रोलिङलाई सहज बनाउँछ। यसमा ४एनएम प्रविधिमा आधारित स्न्यापड्रागन ७+ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ, जसले हेभी टास्कहरू पनि सहज रूपमा सञ्चालन गर्न सक्छ।
८,८५० एमएएच क्षमताको ब्याट्रीसहित ४५ वाटको फास्ट चार्जिङ सुविधा रहेको यो ट्याब्लेट १०३ मिनेटमै पूर्ण चार्ज हुन्छ। मल्टीटास्किङका लागि उपयुक्त हाइपरओएस प्रणाली, १३ मेगापिक्सेल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरासमेत यसमा समावेश छ।
रेड्मी प्याड २ मा ११ इन्चको २.५के डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट र ६एनएम प्रविधिमा आधारित हेलिओ जी१०० अल्ट्रा प्रोसेसर छ, जसले अध्ययन, मनोरञ्जन र दैनिक कार्यका लागि भरपर्दो प्रदर्शन दिन्छ।
यसमा ९,००० एमएएच क्षमताको ब्याट्री छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिन्छ। स्टोरेजका रूपमा ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी विकल्प उपलब्ध छन्। ग्राफाइट ग्रे, मिन्ट ग्रिन र ल्याभेन्डर पर्पल रङमा आकर्षक मेटल युनिबडी डिजाइनमा बजारमा ल्याइएको छ।
दुवै ट्याब्लेटमा डल्बी एटमस प्रविधिसहितका चारवटा स्पिकर छन्, जसले सिनेम्याटिक अडियो अनुभव दिन्छ। साथै, टीयूभी राइनल्याण्ड प्रमाणीकरण प्राप्त स्क्रिनले आँखाको सुरक्षा सुनिश्चित गर्छ।
शाओमी प्याड ७:
८ जीबी + १२८ जीबी: रु. ४४,९९९
८ जीबी + २५६ जीबी: रु. ४९,९९९
उपलब्ध रङ: ग्रे, ग्रिन, ब्लु
रेड्मी प्याड २:
६ जीबी + १२८ जीबी: रु. २४,९९९
८ जीबी + २५६ जीबी: रु. २९,९९९
उपलब्ध रङ: ग्राफाइट ग्रे, मिन्ट ग्रिन, ल्याभेन्डर पर्पल
यी ट्याब्लेटहरूको प्रि-बुकिङ असार ३ (जुन १७) देखि असार ६ (जुन २०) सम्म खुला छ। यस अवधिमा शाओमी प्याड ७ खरिद गर्नेले रु. ७,९९९ मूल्य पर्ने किबोर्ड वा फोकस पेन रु. ५,९९९ मै प्राप्त गर्न सक्नेछन्। रेड्मी प्याड २ खरिद गर्नेले निःशुल्क रेड्मी बड्स ५ए प्राप्त गर्नेछन्।
शाओमीका अनुसार, यी दुवै ट्याब्लेटहरू नेपालभरका एमआई स्टोर, शाओमीका आधिकारिक वितरक, दराज र हुकुट स्टोरमार्फत उपलब्ध छन्।
FACEBOOK COMMENTS