काठमाडौं, ११ भदौ । शाओमी एक वर्षदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल भएको छ ।
बजार अनुसन्धान फर्म (आईडीसी) को विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको दोस्रो त्रैमासिक २०२१ को रिलिज अनुसार नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको जनाएको हो ।
२०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशत बजार सेयरको युनिटसिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडीसी अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छाैँ । हामीले भविष्यमा आफ्ना लागि कायम गरेका सबै स्वर्ण लक्ष्यहरू पूरा गर्नको निरन्तर प्रयास र आशा राखिराखेका छौँ ।”
मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरूमा धेरै उत्पादनहरूको लन्चको कारण ब्रान्डकाे बजारमा उल्लेखनीय वृद्धि देखिएको जनाइएको छ ।
शाओमीले मी वाच लाइट, टिभीस्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु विक्री वितरण गर्दै आएको छ ।
FACEBOOK COMMENTS