काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी छन् ।
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो जसको सहायताले तपाईंले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सक्नेछन् । त्यस्तै गरि मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर हो ।
मि पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एउटा दमदार डिभाइस हो जसलाई खल्तीमा राख्न मिल्ने गरी चिटिक्क आकारमा बनाइएको छ । यसको सानो साइजले गर्दा यसलाई जतासुकै पनि बोकेर लान सकिन्छ । यो एउटा मल्टि–पर्पोस डिभाइस हो जसमा बिल्ट–इन एलइडि लाइट भएकोले गर्दा राति अथवा अँध्यारो समयमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ ।
यसमा ओभर–प्रेसर र ओभर–चार्ज प्रोटेक्सन भएको हुँदा प्रिसेट प्रेसरमा पुगिसके पछि स्वतः फुलिनबाट रोक्छ, त्यसैले यो डिभाइस प्रयोग गर्न सुरक्षित र सजिलो छ । यसले पर्याप्त रुपमा ताप पनि सोस्छ र साथै यसमा भएको शक एब्जर्बिङ प्याडले सिलिन्डरको भाईब्रेसनलाई नियन्त्रण गरि डिभाइस चलाउँदा कम्पन हुन दिँदैन ।
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य ५ हजार ९९९ रुपैयाँ रहेको छ र यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै गरि मी एयर प्युरिफायर–३ को मुल्य २३ हजार ४९९ रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन् ।
FACEBOOK COMMENTS