काठमाडौं । गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साको रूपमा एक्सपेङ जी६ रोजेका छन् ।
एक्सपेङ जी६ का आधिकारिक ब्रान्ड एन्डोर्सरका रूपमा बास्कोटाको यो छनोटले नवप्रवर्तन, बौद्धिकता र भविष्य केन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ ।
परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा नयाँ पुस्ताका सर्जकहरूको प्रतिनिधि हुन् ।
एक्सपेङ जी६ को अत्याधुनिक प्लेटफर्ममा निर्माण गरिएको एक्सपेङ जी६ ले स्लिक कुपे एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट जेन टेक्नोलोजीमार्फत प्रिमियम ईभी सेग्मेन्टमा आफूलाई अलग पहिचान दिन सफल भएको छ । यसले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य तयार ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८०० भोल्ट चार्जिङ आर्किटेक्चरद्वारा सञ्चालित एक्सपेङ जी६ ले ४३५ किमी सम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्दछ । १९० किलोवाट शक्तिशाली इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसयुभी कुपेले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्छ ।

स्मार्ट प्रविधि, फास्ट चार्जिङ क्षमता तथा फराकिलो र आरामदायी इन्टेरियरले सुसज्जित एक्सपेङ जी६ले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गरेको छ । जिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस–इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले एक्सपेङ जी६लाई प्रदर्शन, आराम र नवप्रवर्तनको सन्तुलित संयोजन बनाएको छ।

FACEBOOK COMMENTS