सहमहामन्त्री यादवलाई ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार गरिँदै, अहिले कस्तो छ अवस्था ?
कर्पोरट खबर
9:13 pm, बुधबार, भदौ २०, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटीस्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उनले बताए । उनको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउका टाँका लगाएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रिजालले बताए ।
आज २ स् ३० बजे सेन्टरमा आएका सहमहामन्त्री यादवको टाउकाको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनलाई अवलोकनका लागि अहिले सेन्टरको सघन उपचार कक्षमा राखिएको छ । आज दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लब नेपालमा आयोजना भएको कार्यक्रम सकेर गाडीमा बस्ने क्रममा पछाडिबाट खुकुरी प्रहार गरिएको थियो ।
FACEBOOK COMMENTS