काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री भएका प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीले शपथ लिएका हुन् ।
मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले त्यही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी भएको हो ।
FACEBOOK COMMENTS