![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गरेका छन् ।
उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको छ ।
नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपति राम सहायक यादवले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS