काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विद्यामान समस्या समाधान गर्ने क्रममा प्रतिफल देखिने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको चालु आर्थिक वर्षको आयोजना कार्यान्वयनसम्बन्धी दुईदिने ‘खरिद क्लिनिक कार्यशाला गोष्ठी’ मा मन्त्री यादवले हरेक निकायले आफ्नो जिम्मेवारी नागरिकप्रति इमान्दार भएर निर्वाह गर्नुपर्ने बताइ । यसरी काम गर्दा प्रतिफल देखिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले केपी शर्मा ओलीले नेतृत्वको वर्तमान सरकार विद्यमान समस्या समाधान गर्ने लक्ष्यसाथ आगडि बढिरहेको भन्दै सबै सरकोर भएका निकायले पनि नागरिकमैत्री सेवा प्रवाह मुख्य लक्ष्य बनाउनुपर्ने बताए । उनले भने “यो सरकार समास्या समाधान गर्न बनेको हो । सबैले आफूले कार्यसम्पदान गर्दा प्रतिफल देखिने गरी गर्नु आवश्यक छ ।”
मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको भन्दै यहाँबाट सिकेका उपलब्धि कार्यसम्पादनमा देखिने बताए । उनले भने, “विभागले आयोजना गरेको गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ, यसले तपाईँहरूको काम गर्ने शैली तथा क्षेत्रमा थप ऊर्जा थपिएको मैले विश्वास लिएको छु ।”
मन्त्री यादवले विगतमा खुला दिसामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै सतप्रतिशत नपुगेकाले हामीले प्रतिफल देखिनेगरी काम गर्न जरुरी रहेको धारणा राखे । नागरिक तथा विकासका काममा कुनै पनि ढिलासुस्ती नगर्न आग्रह गर्दै उनले जनगुनासो समाधानतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
FACEBOOK COMMENTS