काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा संयोजक र सदस्यहरु मनोनयन गरेको छ ।
कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गर्नका लागि गठित क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनित गरेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा शिवप्रसाद हुमागाँइ, प्रा। डा। गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विक मनोनित भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यता ९नयाँ र नवीकरण० को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानविन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता ९नयाँ र नवीकरण० को अन्तिम सूची तयार गर्नका लागि क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति गठन गरेको थियो ।
FACEBOOK COMMENTS