काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले विद्यार्थीहरुले आफुलाई प्रतिस्पर्धी, क्षमतावान बनाउन क्याम्पसहरुले जर्नल प्रकाशनमा ध्यान दिनुपर्ने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले मास्टर्स कार्यक्रम सञ्चालन गरिरहँदा प्रत्येक मास्टर्स कार्यक्रम ल्याउने कलेजले आफ्नो फ्याकल्टिजमा कम्तीमा विद्यार्थीलाई जर्नल निकाल्न लगाउने हो भने विश्वविद्यालय, कलेजको हाइट बढाउने, विद्यार्थीको क्षमता बढाउने काम गर्ने बताए । उनले सबै कलेजले अनिवार्य रुपमा आफ्ना विद्यार्थीलाई जर्नल निकाल्न लगाउनु पर्ने धारणा राखे ।
कान्तिपुर सिटि कलेजमा अध्ययनरत २०१८ ब्याजका बिद्यार्थीले प्रकाशन गरेको स्कलर्स म्यागजिन आठौ अंक बिमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । केसीसी कलेजले लामो समयदेखि यस्ता कार्यक्रम गर्दै आएकोले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । कोइरालाले केसीसीले सदैव उदाहरणीय कार्य गर्दै आएको भन्दै त्यहाँबाट सिक्न सकिने बताए ।
कोइरालाले कार्यक्रममा विद्यार्थी सदैव सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने बताए । अहिले विद्यार्थीका सकारात्म भन्दा नकारात्मक सोच पलाउने, अध्ययन तथा रोजगारी स्वदेशमा भन्दा विदेशमा बढी जाने गरेको भन्दै यो आगामी दिनमा थप चुनौतीपूर्ण बन्दै जाने बताए ।
त्यस्ता चूनौती चिर्नका लागि विद्यार्थीलाई विद्यार्थीलाई शैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने धारणा राखे । विद्यार्थीमा पलाएको नकारात्मक कुराले क्षणिक राम्रो लागेपछि दीर्घकालिन रुपमा त्यसको असर निकै ठूलो हुने दाबी गरे ।
कार्यक्रममा कलेजका म्यान्जिङ डाईरेक्टर प्रलाद कार्कीले विद्यार्थीमा अहिले देखिएको मोटिभेसन आगामी दिनमा पनि निरन्तरता हुनुपर्ने बताए । अहिलका विद्यार्थीलाई मोटिभेसन आवश्यक रहेको र त्यो काम केसीसीले गर्दै आएको बताए ।
प्रविधिमा आएको विकासले अध्ययनमा पनि फरक परेको उनको बुझाई छ । अहिले शैद्दान्तिक मात्रै नभएर व्यबहारमा लागू हुने शिक्षा आवश्यक रहेको कार्कीले बताए । अब प्रोजेक्ट बेस लर्निङ आवश्यक रहेको भन्दै उनले त्यसको कार्यान्वयन कान्तिपुर केलजले सुरु गरिसकेको कार्कीले बताए ।
कोरोनाका कारण रोकिएको म्यागजिन अहिले प्रकाशन हुन थालेको छ । कार्यक्रममा कलेजको प्रचार प्रसार गर्दै उत्कृष्ट टिकटक बनाउनेलाई नगदसहित सम्मान गरिएको छ । उत्कृष्ठ टिकटक बनाउने आशिस निरौलाको समूह, भैरव चौधरी र मेरी तामाङलाई कलेजले नगद सहित सम्मान गरेको छ ।
FACEBOOK COMMENTS