काठमाडौं । यामाहा नेपालले एमटी–१५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ । अबदेखि नयाँ एमटी–१५ भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन् । जेठ १८ गतेदेखि सुरू भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ ।
नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् । अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्त्वपूर्ण कदम हो ।
यो अफर विशेष रूपमा एमटी–१५ भर्सन २ का नीलो र सेतो रङहरूमा मात्र लागू हुनेछ । यसबारे बोल्दै एमएडब्लयू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, ‘एमटी–१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ । यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौँ । यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ ।’
एमएडब्ल्यू राइड्सअन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपाङ्ग्रे ब्रान्ड हो । जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको छ ।
FACEBOOK COMMENTS