काठमाडौं । यामाहाले देशका विभिन्न सहरहरूमा रोडिज सिजन–५ फिल्ड अडिसन गर्ने भएको छ।
यामाहाले साहसिक उत्साहीहरूलाई यस यात्रामा सहभागी हुन आमन्त्रित गगरेको छ।
रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन पहिलेको भन्दा ठूलो, भव्य र थप शक्तिशाली हुने कम्पनीको दाबी छ।
यो अडिसन देशको उल्लेखनीय विविधता झल्काउँदै, सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालभरका विभिन्न यामाहा शोरुमहरूमा हुने जनाइएको छ।
अडिसन कहाँ कहाँ हुँदैछ ?

१२ जेठः यामाहा शोरुम, बर्दिवास
१३ जेठः यामाहा शोरुम, इटहरी
१४ जेठः यामाहा शोरुम, हेटौंडा
१५ जेठः यामाहा शोरुम, चितवन
१६ जेठः यामाहा शोरुम, बुटवल
१७ जेठः यामाहा शोरुम, नेपालगन्ज
१९ जेठः यामाहा शोरुम, पोखरा
२१ जेठः यामाहा ब्लू स्क्वायर, काठमाडौं

कम्पनीका अनुसार यी अडिसनहरूमा सहभागीहरूले रोमाञ्चक चुनौतीहरूको सामना गर्नेछन् र निर्णायकहरूलाई प्रभाव पार्न आफ्ना सीमाका पर्खाललाई पनि धक्का दिनेछन्।

अडिसनहरूले उनीहरूको साहस, दृढता, र टिमको रूपमा काम गर्ने क्षमताको परीक्षण गर्न डिजाइन गरिएको गहन शारीरिक र मानसिक कार्यहरूको श्रृंखला प्रस्तुत गर्नेछ।
आकांक्षी रोडिजले आगामी सिजनमा स्थान सुरक्षित गर्न र रोडिज सिजन ५ को प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्ने मौकाको लागि आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ।
यति मात्र नभई यामाहासँग आफ्ना सबै डाइ–हार्ड फ्यानहरूको लागि पनि केहि विशेष रहेको कम्पनीको भनाई छ। मिट एण्ड ग्रिट नामक भेटघाट सत्रमा प्रशंसकहरूले आफ्ना मनपर्ने रोडिज प्रतियोगीहरूलाई भेट्ने र नजिक हुने अवसर प्राप्त गर्नेछन्।
एक अविस्मरणीय अनुभवको लागि निम्न मिति र स्थानहरूमा सामेल हुन आमन्त्रण गरिएको छ।
थप जानकारी र अपडेटका लागि ९लिंक० मा जान वा सामाजिक सञ्जालमा फलो गर्न सकिनेछ।