काठमाडौँ । यामाहाले विभिन्न शैली, आवश्यकता र रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने भएको छ ।
नेपालमा यामाहाको बढ्दो दायरामा नयाँ विकल्पहरू थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस (एरोक्स १५५ एस), फेसिनो एस र डिस्क (फेसिनो एस र डिस्क), तथा आर १५ एसका नयाँ भेरियन्टहरू सार्वजनिक गरिने छन् ।
यामाहा एरोक्स १५५ एस विशेष गरी पर्फर्मेन्स र डायनामिक राइडिङ अनुभव मन पराउने राइडरहरूका लागि तयार पारिएको हो । यसको स्पोर्टी डिजाइन, १५५ सीसीको इन्जिन र कि–लेस (चाबीविहीन) फिचरले स्कुटरमै मोटर साइकल चलाएको जस्तो अनुभव गराउँछ ।
कि–लेस फिचरको मद्दतले चाबी विना नै इन्जिन सुरु गर्न सकिन्छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्छ। पर्फर्मेन्स र स्पोर्टी राइडको मज्जा लिँदै व्यावहारिक स्कुटर खोज्नेहरूका लागि यो उत्कृष्ट छ रोजाइ बन्नेछ।
स्टाइललाई प्राथमिकता दिनेहरूका लागि यामाहाले नयाँ फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू ल्याएको छ। आकर्षक डिजाइन र दैनिक रूपमा चलाउन सहज यी नयाँ हाइब्रिड भेरियन्टहरूले आरामदायी यात्राका साथै राइडरको व्यक्तिगत शैलीलाई पनि झल्काउँछन् ।


आर १५ एस र आर १५ एम भेरियन्टहरूले यामाहाको लोकप्रिय ’आर सिरिज’ लाई अझ परिमार्जन गरेर प्रस्तुत गर्नेछन् । ’नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोडलहरूबाट उत्कृष्ट रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव खोज्ने स्पोर्टी मोटरसाइकलप्रेमीहरूले विशेष अपेक्षा राखेका छन्। आर १५ सिरिज पहिलेदेखि नै नेपालमा यामाहाको पर्फर्मेन्स लाइन–अपको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ ।
यी नयाँ थपिएका मोडलहरूबारे बोल्दै माउग्रुपका अध्यक्ष विष्ण्कुमार अग्रवालले भन्नुभयो, “नेपालको बढ्दो राइडर समुदायसँग जोडिनका लागि नाडा हामी एउटा महत्त्वपूर्ण मञ्च हो। यामाहाका यी नयाँ भेरियन्टहरू मार्फत हामी पर्फर्मेन्स, प्रविधिदेखि स्टाइल र व्यक्तित्वसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू ल्याउँदैछौँ। हामीलाई विश्वास छ यी नयाँ मोडलहरूले राइडिङप्रेमीहरूमाझ ठूलो उत्साह जगाउनेछन् ।”
त्यस्तै, माउ राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भन्नुभयो, “नेपाली राइडरहरूको बदलिँदो रुचिअनुसारका उत्पादनहरू ल्याउनुमा यामाहा सधैँ केन्द्रित रहँदै आएको छ।
नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्टहरू र आर १५ एसले यामाहाका विभिन्न विशेषताहरू झल्काउँछन् र यी मोडलहरू नाडामा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं। यी नयाँ भेरियन्टहरूले के कस्ता विशेषताहरू लिएर आएका छन् भन्ने कुरा आगन्तुकहरूले नजिकबाट अवलोकन गर्न पाउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।”
नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्टहरू आधिकारिक रूपमा सार्वजनिक गरिनेछन् । यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम उत्पादनहरू अनुभव गर्ने र पर्फर्मेन्स, स्टाइल तथा इनोभेसनप्रतिको ब्रान्डको प्रतिबद्धता बुझ्न अवसर प्रदान गर्नेछ । हरेक वर्ष थुप्रै अटोप्रेमी तथा खरिदकर्ताहरूलाई आकर्षित गर्ने नाडा नेपालको सबैभन्दा ठूलो अटोमोबाइल लन्च हुने मञ्चहरूमध्ये एक हो ।