काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम.ए.डब्लू. राइड्स प्रालिमार्फत् भृकुटीमण्डपमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट अन्तिम दिनमा प्रवेश गर्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ।
भ्याली रोड मोटर्स प्रा.लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत रेजेडआर–१२५ फाई हाइब्रिड खरिद गरेका उमेश थापा मगरले ५ लाख रुपैयाँ नगद बम्पर पुरस्कार जितेका छन् । यस घोषणाले कार्यक्रममा थप उत्साह थप्दै ग्राहकलाई कार्यक्रम समाप्त हुनु अघि उपलब्ध विशेष अफरहरूको फाइदा लिन र मेलामा सहभागी हुन थप प्रेरित गरेको छ।
कार्यक्रम सुरु भएयता ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो जसले पूर्ण ब्रान्ड अनुभव प्रदान गरेको छ। आगन्तुकहरूले यामाहाका उन्नत हाइ–टेक मोटरसाइकल र स्कुटरहरू अवलोकन गर्दै उत्साहपूर्ण र रमाइलो वातावरणको आनन्द लिएका छन्।
अन्य विजेताहरूमा नबिना शर्माले १,००,००० रुपैयाँ, अरविन्द गुप्ताले ५५,००० रुपैयाँ र आवाश चौधरीले ५०,००० रुपैयाँ प्राप्त गरेका छन्। यसका साथै, अन्य धेरै ग्राहकहरूले पनि यस योजना अन्तर्गत आकर्षक पुरस्कारहरू जितेका छन्।
समापनको दिन नजिकिँदै गर्दा समेत ब्लु फेस्टले ग्राहकहरूका लागि आकर्षक सुविधाहरू प्रदान गरिरहेको छ। खरिदकर्ताहरूले ५,००,००० रुपैयाँसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन–(स्पट फाइनान्सिङ सेवाको लाभ लिन सक्नेछन्, जसले खरिद प्रक्रियालाई सहज र सुविधाजनक बनाएको छ। यहाँ ५० भन्दा बढी रिकन हाउसहरूको सहभागिता रहेको एक्सचेन्ज कार्निभल पनि पुराना मोटरसाइकलहरूको प्रतिस्पर्धात्मक र पारदर्शी मूल्याङ्कनका कारण प्रमुख आकर्षणको रूपमा रहेको छ।

अफरहरूका अलावा कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा आकर्षक गिभअवे जस्ता गतिविधिहरूले कार्यक्रमलाई केवल बिक्री कार्यक्रममा सीमित नराखी अझ जीवन्त बनाएको बताइएको छ। चैत २९ गते शुरु भएको यामाहा ब्लु फेस्ट आज शनिबारसम्म संचालन हुनेछ ।

एमएडब्लू राइड्सका सीईओ दीपक अग्रवालले भने, “यस वर्षको ब्लु फेस्टलाई प्राप्त प्रतिक्रियाबाट हामी अत्यन्त उत्साहित छौँ। अब केवल एक दिन मात्र बाँकी रहेकोले हामी सबैजनालाई यहाँ आएर विशेष अफरहरूको लाभ लिन र यामाहाका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गर्दछौँ।”