काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोङ्गबुमा नयाँ थ्री–एस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्टस) भएको शोरूम ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवम् एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरे पनि उपस्थित थिए ।
आधुनिक पूर्वाधार र दक्ष टिमसहितको मोटो क्राफ्ट्स प्रालिले अब यामाहाको विश्वसनीय थ्री–एस अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले विस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्टसहरू एकै स्थानमा पाउन सक्नेछन् ।
कार्यक्रममा बोल्दै गोपालकुमार अग्रवालले भने, ‘यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेशनसँग जोडिएको ब्राण्ड हो । गोङ्गबुमा मोटो क्राफ्ट्स प्रालि सुरू गरेर हामीले नयाँ शोरूम मात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाइरहेका छौँ । हामी सधैँ पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौं र यो शोरूम त्यसैको प्रतिबिम्ब हो ।’
त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, ‘गोङ्गबुमा नयाँ थ्री–एस शोरूम सुरू गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयासकै अर्को कदम हो । हामी सधैँ ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौँ ।’
मोटो क्राफ्ट्स प्रालिका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, ‘मोटो क्राफ्ट्सबाट हामी उच्च गुणस्तरका यामाहा दुईपाङ्ग्रे सवारी साधनको बिक्री मात्र नभई भरपर्दो आफ्टर सेल्स सर्भिसमार्फत पनि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न समर्पित छौँ । हाम्रो लक्ष्य भनेको सेल्सदेखि सर्भिस हुँदै हरेक चरणमा ग्राहक सन्तुष्टि सुनिश्चित गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माण गर्नु हो ।’
यस नयाँ शोरूमको शुभारम्भसँगै यामाहा नेपालले आफ्नो डिलर नेटवर्क अझ सशक्त बनाएको छ । अब गोङ्गबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्टस पाउन सक्नेछन् ।
एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, इनोभेशन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतामार्फत नेपाली दुईपाङ्ग्रे बजारको अगुवाइ गर्दै आएको छ ।
FACEBOOK COMMENTS