काठमाडौं । एमएडब्लू राइड्स प्रालि अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालको ‘यामाहा रेजेडआर हाइब्रिड माइलेज लिग’ ले आधा चरण सफलतापूर्वक पूरा गरेको छ।
केही महिनाअघि सुरु भएको यो प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालभर वास्तविक सडक अवस्थामै स्कुटरको इन्धन दक्षता परीक्षण गर्दै आएको छ। लिगको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने जनाएको छ।
यामाहा रेजेडआर १२५–एफआई हाइब्रिडले एआरएआई–प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता राखे पनि माइलेज लिगमा वास्तविक राइडिङ अवस्थामै यो भन्दा उच्च नतिजा देखिएको छ। हालसम्म एक सहभागीले ८७.२० किलोमिटर प्रतिलिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन् भने अन्य सहभागीहरू पनि सो नतिजाको निकै नजिक पुगेका छन्। यसले प्रयोगशालामा गरिएको दाबीलाई नेपालको सडकमा आधिकारिक रूपमा पार गरेको प्रमाण प्रस्तुत गरेको यामाहाको भनाइ छ।

यो च्यालेन्ज तराईका समथर सडकदेखि पहाडी उकालो–ओरालो, पिच हाइवेदेखि अफ–रोड ट्रेलसम्म सञ्चालन गरिएको छ। यामाहाले विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवलाई यस लिगमा समेट्दै ग्राहकलाई प्रत्यक्ष रूपमा माइलेज अनुभव गराउने प्रयास गरेको छ। हाल सातै प्रदेश समेट्ने गरी सञ्चालन भइरहेको लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ भने केही शहरहरूमा अन्तिम चरणका च्यालेन्ज हुन बाँकी छन्।



यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले माइलेज लिगलाई केवल प्रतियोगिता नभई नेपाली राइडरहरूप्रतिको प्रतिबद्धताको उत्सव भएको बताए। उनका अनुसार वास्तविक सडकमा उत्कृष्ट माइलेज प्रमाणित गर्नु नै यामाहाको मुख्य उद्देश्य हो।

नेपालमै सबैभन्दा धेरै बिक्री हुने तथा सेग्मेन्टमै एकमात्र हाइब्रिड स्कुटर यामाहा रेजेडआर १२५ एफआईहाइब्रिडमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली जडान गरिएको छ, जसले शक्ति र माइलेजको सन्तुलन प्रदान गर्दछ। ‘विनर अफ विनर्स’ उपाधिका लागि अन्तिम प्रतिस्पर्धा असार २०८३ मा हुनेछ।

FACEBOOK COMMENTS