काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको छ । एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
FACEBOOK COMMENTS