काठमाडौं । विश्वव्यापी टेक कम्पनी यांगो ग्रुपअन्तर्गतको यांगो राइडले नयाँ ‘“कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ ।
अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
यांगो राइडका अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन् ।
यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सजिलो बनाइएको छ । प्रोफाइल पूरा गरेपछि उनीहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा देखिने ब्याज प्राप्त गर्नेछन् ।