काठमाडौं। भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनस्रुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा लि र श्रीराम टोबाकोले सहयोग गरेको छ।
यी दुई कम्पनीले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सघाउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउहरु वितरण गरेको थियो। आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पिडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।
साथै, यस विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रालि पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कुरा कम्पनीले जनाएको छ।