काठमाडौं । यातायात व्यवसायीहरुले देशव्यापी रुपमा आयोजना गरेको हडतालका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
आज मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हडतालका कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएको जनाएका छन् ।
बैठकपछि हडतालका कार्यक्रम फिर्ता लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताए ।
यो निर्णयसँगै अब सार्वजनिक यातायात निर्वाध रुपमा चल्ने बताए ।
FACEBOOK COMMENTS